
काठमाडौँ । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नरहरूबीच जिम्मेवारीको बाँडफाँट गरिएको छ। गभर्नर विश्वनाथ पौडेलले निलम ढुङ्गाना र बमबहादुर मिश्रबीच विभागीय कार्य विभाजन गरेका हुन्।
नयाँ कार्य विभाजनअनुसार, निलम ढुङ्गानाले निम्न विभागहरूको जिम्मेवारी पाएकी छन्:
बैंक तथा वित्तीय संस्था नियमन विभाग
गैरबैंकिङ वित्तीय संस्था सुपरिवेक्षण विभाग
लघुवित्त सुपरिवेक्षण विभाग
विदेशी विनिमय व्यवस्थापन विभाग
मुद्रा व्यवस्थापन विभाग
संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग
सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग
सूचना प्रविधि विभाग
प्रदेश कार्यालयहरू
त्यस्तै, बमबहादुर मिश्रले हेर्ने विभागहरू यसप्रकार छन्:
बैंक सुपरिवेक्षण विभाग
वित्तीय संस्था सुपरिवेक्षण विभाग
आर्थिक अनुसन्धान विभाग
मौद्रिक व्यवस्थापन विभाग
भुक्तानी प्रणाली विभाग
बैङ्किङ विभाग
मानव संसाधन व्यवस्थापन विभाग
वित्त व्यवस्थापन विभाग
गभर्नरको कार्यालय भने प्रत्यक्ष रूपमा गभर्नर पौडेलमार्फत सञ्चालन हुने व्यवस्था यथावत् राखिएको छ।
गौरतलब छ, महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि निलम ढुङ्गाना कार्यवाहक गभर्नर बनेकी थिइन् र सो समयमा सबै विभागहरूको जिम्मेवारी बमबहादुर मिश्रलाई दिइएको थियो। अहिले नयाँ गभर्नर नियुक्त भएपछि ढुङ्गाना पुनः डेपुटी गभर्नरको भूमिकामा फर्किएपछि यो नयाँ कार्य विभाजन गरिएको हो।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij