Logo

Sep 19 2025 | २०८२, असोज ३गते

Sep 19 2025 | २०८२, असोज ३गते

images

सान्भि इनर्जीको आईपीओमा उत्साहजनक सहभागिता, १०.७२ गुणा बढी आवेदन

सान्भि इनर्जीको आईपीओमा उत्साहजनक सहभागिता, १०.७२ गुणा बढी आवेदन

  •  

    काठमाडौं । सान्भि इनर्जी लिमिटेडको आईपीओ खरीदका लागि अन्तिम दिनसम्म २१ लाख ८ हजार २३२ जनाले आवेदन दिएका छन्। सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार, जेठ १३ गतेसम्म प्राप्त आवेदकहरूमार्फत कूल २ करोड ५८ लाख ९० हजार ६२० कित्ता शेयर खरीदको माग परेको छ, जुन उपलब्ध २४ लाख १५ हजार ३०० कित्ताको तुलनामा १०.७२ गुणा बढी हो।

    कम्पनीले जेठ ९ गतेदेखि थप सर्वसाधारणका लागि उक्त आईपीओ निष्कासन गरेको थियो। सान्भि इनर्जीले आफ्नो ८८ करोड रुपैयाँको जारी पूँजीको ४३.०७ प्रतिशतको आधारमा ३७ करोड ९० लाख रुपैयाँ बराबरको शेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको हो।

    यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयतर्फ ८ लाख ८० हजार कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ९१ हजार कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख ४५ हजार ५०० कित्ता, र कर्मचारीतर्फ ५८ हजार २०० कित्ता शेयर बाँडफाँट गरिसकेको छ। बाँकी रहेको शेयर सर्वसाधारणका लागि खुला गरिएको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij