Logo

Jul 08 2025 | २०८२, असार २४गते

Jul 08 2025 | २०८२, असार २४गते

images

पत्रकारलाई धम्की: सिरहा नगरप्रमुख डा. नविन यादवप्रति नेपाल पत्रकार महासंघको घोर आपत्ति ,महासंघद्वारा प्रेस विज्ञप्ति जारी

पत्रकारलाई धम्की: सिरहा नगरप्रमुख डा. नविन यादवप्रति नेपाल पत्रकार महासंघको घोर आपत्ति ,महासंघद्वारा प्रेस विज्ञप्ति जारी

  • सिरहा। सिरहा नगरपालिका नगरप्रमुख डा. नविन यादवद्वारा सिरहाका पत्रकारहरूलाई दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले एक प्रेस विज्ञप्ति जारी गरि कडा आपत्ति जनाउँदै उक्त व्यवहारलाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर हमला भनेको छ । गत जेठ १२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिरहा नगरपालिकामा विभिन्न फाइलहरूबारे गरेको छानबिनसँग सम्बन्धित समाचार सम्प्रेषण गर्नु सञ्चारकर्मीहरूको पेशागत दायित्व भएको महासंघले स्पष्ट पारेको छ । त्यस्तो समाचार प्रकाशन रोक्ने प्रयास प्रेस स्वतन्त्रताको गम्भीर उल्लङ्घन भएको महासंघको भनाइ छ । नगरप्रमुख यादवले समाचार लेख्ने सञ्चारमाध्यम तथा पत्रकारहरूलाई चेतावनी दिँदै कारबाहीको धम्की दिएको विषयमा महासंघले आपत्ति जनाउँदै यस्तो अभिव्यक्तिले लोकतान्त्रिक मूल्यमान्यताको अपमान भएको बताएको छ ।

    महासंघका अनुसार यस्तो व्यवहारले प्रेस स्वतन्त्रता दबाउने दुस्साहसिक संकेत दिन्छ, जुन कुनै हालतमा स्वीकार्य छैन । महासंघले पत्रकारलाई धम्की दिएर सत्य र निष्पक्ष समाचार लेखनमा अवरोध सिर्जना गर्न खोजिएमा त्यसको कडा प्रतिवाद गरिने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। महासंघले सबै तहका सरकारी निकाय तथा जनप्रतिनिधिहरूलाई प्रेस स्वतन्त्रताको सम्मान गर्न र सञ्चारकर्मीलाई सुरक्षित वातावरणमा काम गर्ने सुनिश्चितता दिन आग्रह गरेको छ । साथै, महासंघले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायलाई आह्वान गर्दै सम्पूर्ण सञ्चारकर्मीहरूलाई सचेत र एकजुट रहन अनुरोध गरेको छ ।त्यसै गरी नेपाल पत्रकार महासंघ मधेस प्रदेश समिति ले पनि बिञपती प्रकाशित गरि मेयर को धम्कीपूर्ण अभिव्यक्ति प्रती कडा निन्दा गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij