
काठमाडौँ । आज नेप्से परिसूचकमा १६.५५ अंकले बढेर २६९२.१८ आएको छ । आज ८ अर्ब ५८ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।३ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । बैंकिङ समूहमा केही उत्साह देखिएको छ ।
यस दिन ३ सय २३ कम्पनीको २ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १ अर्ब रुपैयाँभन्दा बढीसहित कारोबार रकममा ङादी ग्रुप पावर अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः राधी हाइड्रोपावर र युनिभर्सल पावर कम्पनी परेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij