Logo

May 30 2025 | २०८२, जेठ १६गते

May 30 2025 | २०८२, जेठ १६गते

images

नेपालबाट आएका अवैध घरेलु कामदारकै कारण दूतावास समस्यामा छ : घनश्याम लम्साल, कुवेतका लागि नेपाली राजदूत

नेपालबाट आएका अवैध घरेलु कामदारकै कारण दूतावास समस्यामा छ : घनश्याम लम्साल, कुवेतका लागि नेपाली राजदूत

  • काठमाडौं । वैदेशिक रोजगारीका लागि नेपालीहरुको प्रमुख मध्येको एक गन्तब्यका रुपमा कुबेत रहँदै आएको छ । मध्यपूर्वको सम्पन्न मुलुक कुवेतमा हाल ठूलो संख्यामा नेपालीहरु पुगिसकेको अवस्था छ । पुरुष र महिला दुवैका लागि रोजगारीको गन्तब्य बनिरहेको कुबेतमा नेपालीहरुको उपस्थिति, र अवस्था तथा नेपाली राजदूवास कतारले कसरी काम गरिरहेको छ भन्नेबारे कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालसँग गरिएको कुराकानी ः 

    कुवेतमा रहेका नेपालीहरुको वर्तमान अवस्था र चुनौती के छन् ? 
    यहाँ नेपालीहरुको लागि श्रमको सम्भावनाहरु प्रशस्त छन् । हामीले दक्ष जनशक्तिहरु उत्पादन गरेर पठाउने सम्भावनाहरु धेरै छन् । कुवेतमा नेपालीहरुका समस्या धेरै छैनन् । केही समस्याहरु त छन्, तिनलाई क्रमशः समधान गर्ने प्रयासमा छौँ । 

    अहिले कुवेतमा कति नेपालीहरु छन् ? 
    यहाँ अहिले गत डिसेम्बरसम्मको तथ्याङ्क अनुसार एक लाख ४० हजार नेपालीहरु छन् । अहिले त यो संख्यामा बृद्धि भइसैको सूचना हामीले पाएका छौँ । त्योमध्ये ६७ हजार महिला छन् । जसमा ४७ हजार घरेलु कामदार र बाँकी महिला कम्पनी सेक्टरमा कार्यरत छन् । 

    कुवेत लगायतका मध्यपूर्वका धेरै देशहरुमा नेपाल सरकारले २०७३ सालमै घरेलु कामदार नपठाउने भनेपनि यति धेरै संख्यामा नेपालीहरु कसरी आइपुगे ? उनीहरुको अवस्था कस्तो छ ? 
    यहाँ घरेलु कामदारको माग धेरै नै छन् । नेपाल सरकारले प्रतिबन्ध लगाएको बावजुद पनि धेरै नेपालीहरु यहाँ कानुनी, गैरकानुनी जुनसुकै रुपमा अएर समस्या भई हाम्रो सम्पर्कमा आएपनि उहाँहरुलाई नेपाली दूतावासले सहयोग पु¥याउँदै आएको छ । हाम्रो सम्पर्कमा आएकाहरुलाई हामी कसरी आइपुग्नुभयो भनेर सोध्ने पनि गरेका छौं । कतिपय त काठमाडौंबाट बैंकक, दुबई, दिल्लीहुँदै कुवेतसम्म आएको पनि हामीले पाएका छौं । हामीले उहाँहरुलाई अनडकुमेन्टेड तरिकाले बिभिन्न च्यानल प्रयोग गरेर नआउन सल्लाह दिनेगरेका छौँ । उहाँहरु यसरी कुवेत आउँदा दूतावाससँग कागजात हुँदैन र भनेको समयमा सेवा दिन पनि नसकिने अवस्था आउँछ । त्यसैले उहाँहरुलाई बैध रुपमा कम्पनीहरुमा मात्र काम गर्नेगरी मात्र आउनुहोस् भन्ने अनुरोध गर्दछु ।

    यहाँ घरेलु कामदारका कस्ता समस्याहरु छन् ? तपाईंले सम्बन्धित मन्त्रालयमा यसबारे जानकारी गराउनुभएको छ कि छैन ?
    कतिपय घरहरुमा खान नदिएको, औषधि उपचार नगरेको, गलीगलौज गरेका समस्याहरु हामीकहाँ आउने गरेका छन् । कतिपयले म यो काम गर्न सक्दिन मलाई नेपाल फर्काइदिनुहोेस् भन्नुहुन्छ । हामीले जतिसक्यो उहाँहरुलाई सहयोग गर्छौँ । यस बारेमा लिखित तथा मौखिक रुपमा सम्बन्धित मन्त्रालयमा जाकनारी पनि गराउने गरिएको छ ।

    यहाँको नेपाली समाजमा ब्रम्हलुट भइरहेको भन्ने पनि सुनिन्छ, नेपालीहरुलाई कम तलवमा काम लगाएको र दूतावासले आफूहरुको समस्या नसुनेको अरोप छ नि ? 
    नेपाली कामदारहरुका लागि नेपाल सरकारले फ्रि भिषा, फ्रि टिकटको व्यवस्था लागू गरेको छ । इन्डोर कामका लागि ८५ हजार  र आउटडोर कामका लागि ९५ हजार सहित खाना र बस्नको व्यस्था नभएसम्म हामी श्रमस्वीकृत दिँदैनौँ । यो नेपाल सरकारको स्पष्ट नीतिगत व्यवस्थ हो, त्यही नीति अनुसार हामी चल्छौँ । नेपाली दाजुभाइ दिदी बहिनीहरु, जो कुवेत आउँन चाहनुहुन्छ, उहाँहरुले पनि यी कुरामा ख्याल गरेर आउनुपर्छ । 

    दूतावासका केही कर्मचारी, पदाधिकारीहरु नैं केही म्यानपावर व्यवसायीहरुका प्रतिनिधिका रुपमा काम गरिरहेका गुनासाहरु पनि आउने गरेका छन्, त्यस्ता कर्मचारीहरुलाई तपाईँले के गर्नुहुन्छ ? 
    मेरो जानकारीमा त्यस्तो छैन । यदि प्रमाण भेटियो भने कारबाही गर्न तयार छौँ । हामी त्यसैका लागि निस्पक्ष रुपमा काम गर्न भनेर यहाँ आएका हौँ, गर्छौँ । कसैको पक्षपोषण हुनेगरी यहाँ काम गर्न पाइँदैन । 

    कुनै कम्पनीले एउटै काममा कुनै देशका कामदारलाई धेरै र कुनै देशका नागरिकलाई थोरै तलब दिने गरेका गुनासाहरु पनि सुनिएका छन्, कसरी त्यस्तो हुन्छ ?
    देशगत रुपमा त त्यस्तो भएको जानकारी मलाई छैन । योग्यता, अुनभव आदिका हिसावमा तलवमा घटीबेसी त जहाँ पनि हुन्छ । हामीकहाँ विशेषगरी आउने समस्या भनेको नेपालबाट यहाँ आएपछि समयमै काममा लगाइएन र समसमै तलव दिइएन, तलव काटियो भन्नेखालका  समस्याहरु आउँछन् । यस्ता समस्यामा हामीले कामदार र कम्पनीका व्यक्तिलाई यहीँ बोलाएर प्रत्यक्ष रुपमा कुराकानी गर्ने गरेका छौं । यसोगर्दा पनि समस्या समाधान भएन भने हामीले कम्पनी भिजिट गरेर पनि समस्या समाधान गर्ने गरेका छौं ।

    कतिपय म्यानपावरहरुको डिमान्ड छिटै स्वीकृत हुने र कतिपयको डिमान्ड स्वीकृत हुन समय लाग्ने गरेका म्यानवापर व्यवसायीहरुका गुनासा छन् । यसबारेमा के भन्नुहुन्छ ? 
    कतिपय म्यापावरहरुले विगतमा फट्याई गरेर रेपुटेशन बिगारेका छन् भने उनीहरुका बारेमा निर्णय गर्न केही ढिलाई हुनसक्छ । जुन कम्पनीमा समस्या छैन, उनीहरुको काम छिटै हुन्छ । जसकोमा समस्या छ उनीहरुलाई बोलाएर छलफल त गर्नुप¥यो नि । तर अहिले त्यस्ता समस्या आएका छैनन् । कसैलाई चाँडै र कसैलाई काम ढिला गर्ने हाम्रो नीति छैन । बिगतमा कुनै कम्पनीले नेपालीलाई दुःख दिएको थियो भने त कुरै नबुझी फेरि त्यहाँ अर्को नेपाली ल्याउँदा त उसले पनि दुःख पाउँछ नि । 

    कुनै कम्पनीले कामदारलाई तोके भन्दा बढि सयम काम लगाउने र कम तलव दिनेबारेमा उजुरी प¥यो भने त्यस्ता कम्पनीलाई कसरी कारबाही गर्नुहुन्छ ? 
    हामी त्यस्ता कम्पनीलाई बोलाएर डिमान्ड अनुसार किन भएन भनेर प्रश्न गर्छौँ र त्यस्तालाई कालोसूचीमा राख्छौँ । दुई तीनवटा कम्पनीलाई त कलोसूचीमा राखेका छौँ । त्यस्ता कम्पनीको काम हामीले गरेका छैनौँ । 

    कुवेतमा समस्यामा परेका व्यक्तिहरुले दूतावासमा कसरी सम्पर्क गर्न सकिन्छ ? 
    हामीले हटलाइन टेलिफोनको व्यवस्था गरेका छौं । यो फोन कार्यालय समयमा जतिखेरै पनि उठ्छ । कतिपयले त स्वयम् मलाई नैं फोन गरेर समस्या सुनाउने गर्नुहुन्छ । मैंले पनि समस्या सुनेर समाधानको उपायहरु बताइदिने गरेको छु । हामीले बिभिन्न फोरहमहरुमा गएर पनि नेपालीहरुलाई चेतनामूलक सन्देशहरु दिने गरेका छौँ । सबै नेपालीहरुसमू पुग्न त सकिँदैन तर हामीले अगुवा कार्यकर्ताहरुबीच पुगेर वर्षमा तीन चारवटा कार्यक्रमहरु सञ्चालन गर्ने गरेका छौँ । हामीले निकट भविष्यमा श्रमिक सचेतना कार्यक्रम सञ्चालन गर्ने योजवना बनाएका छौंँ । कसरी रेमिटेन्स पठाउनेदिखि लिएर यहाँको कानुन मन्नुपर्छ भन्नेसम्मका सचेतनामूलक कार्यक्रमहरु हामीले बेला बेलामा सञ्चालन गर्दै आएका छौँ । 

    एनआरएनएसँग कस्तो सम्बन्ध राख्नुभएको छ ? 
    हाम्रो एकदम सौहार्दपूर्ण सम्बन्ध छ । कुनै नेपाली समस्या पर्यो, मृत्यु भने पनि उहाँहरुसँगै समन्वय र सहकार्य गर्ने गरेका छौं । मैले त उहाँहरुलाई बोलाएरै सहयोग, सल्लाह आदानप्रदान गर्ने गरेको छु ।

    कुवेतमा नेपालीहरुको सम्भावना र चुनौतीहरु के के छन् ? 
    यहाँ कामको दक्षता बढाएर कुनै कामदार अयो भने उसका धेरै सम्भावनाहरु छन् । चुनौती भनेको भाषिक हो । यहाँको भाषा सिकेर, जानेर आउने हो भने धेरै सम्भावनाहरु छन् । यहाँ हुने सडक दूर्घटना अर्को ठुलो समस्या हो भने यहाँको कानुनी प्रावधान नजान्नु र नबुझ्नु चुनौती हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij