Logo

Jun 05 2025 | २०८२, जेठ २२गते

Jun 05 2025 | २०८२, जेठ २२गते

images

हिमालयन लाइफ इन्सुरेन्सको साधारण सभा असार १० मा, ८% नगद लाभांश प्रस्ताव

हिमालयन लाइफ इन्सुरेन्सको साधारण सभा असार १० मा, ८% नगद लाभांश प्रस्ताव

  • काठमाडौं ।  हिमालयन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले आफ्नो १२औं वार्षिक साधारण सभा आगामी असार १० गते डाकेको छ। सभा नक्सालस्थित आम्रपाली बैंक्वेट, थिरबम सडकमा बिहान १०:३० बजे सुरु हुनेछ।

    कम्पनीले सो सभामा आर्थिक वर्ष २०७९/८० को नाफाबाट ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ। साथै, सभा मार्फत आर्थिक वर्ष २०८०/८१ को नाफा–नोक्सान हिसाबमा छलफल गरिनेछ भने २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ।

    सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत समावेश गरिएको छ।

    सभा प्रयोजनका लागि कम्पनीले बुक क्लोज मिति जेठ २८ तोकेको छ। त्यसैले जेठ २७ गतेसम्म नाममा दर्ता रहेका सेयरधनीहरूले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij