Logo

Sep 02 2025 | २०८२, भदौ १७गते

Sep 02 2025 | २०८२, भदौ १७गते

images

देशभर बदलीसहित वर्षाको सम्भावना, कोशी र मधेसमा भारी वर्षाको चेतावनी

देशभर बदलीसहित वर्षाको सम्भावना, कोशी र मधेसमा भारी वर्षाको चेतावनी

  •  

    काठमाडौँ । देशका पश्चिमी र मध्य भागमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहँदा कोशी प्रदेशमा भने मनसुनी वायु सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका एक(दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ। विशेषगरी कोशी प्रदेशका एक(दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले चेतावनी दिएको छ। साथै, देशका उच्च पहाडी र हिमाली भेगका केही स्थानहरूमा हल्का वर्षा तथा हिमपातको पनि सम्भावना छ।

    आज राति पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम सामान्य रहने अपेक्षा गरिएको छ। रातिको समयमा पनि ती प्रदेशहरूका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। कोशी र मधेस प्रदेशमा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना कायम नै रहनेछ। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij