Logo

Sep 02 2025 | २०८२, भदौ १७गते

Sep 02 2025 | २०८२, भदौ १७गते

images

प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको आठौं वार्षिक साधारण सभा जेठ २६ गते, ८% बोनस सेयर प्रस्ताव

प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको आठौं वार्षिक साधारण सभा जेठ २६ गते, ८% बोनस सेयर प्रस्ताव

  •  

    काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले आफ्नो आठौं वार्षिक साधारण सभा यही जेठ २६ गते बस्ने जनाएको छ। सभा आम्रपाली बेंक्वेट, भाटभटेनी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।

    सभामा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिनेछ। साथै, कम्पनीले अघिल्लो सातौं वार्षिक साधारण सभाबाट पारित भएको ७ प्रतिशत हकप्रद सेयर प्रस्ताव रद्द गर्ने निर्णय समेत यस पटकको सभामा पेस गरिनेछ।

    कम्पनीका अनुसार बोनस सेयरकै माध्यमबाट नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजी स्तर पूरा हुने भएकाले हकप्रद सेयर प्रस्ताव आवश्यक नपरेको हो।

    साधारण सभामा बोनस सेयरबाट चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव, साथै आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा(नोक्सान विवरण, र नगद प्रवाह विवरण पारित गर्ने एजेन्डाहरू पनि समावेश गरिनेछन्।

    कम्पनीले साधारण सभा प्रयोजनका लागि जेठ १६ गते बुक क्लोज गरिसकेको छ। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij