Logo

Jun 06 2025 | २०८२, जेठ २३गते

Jun 06 2025 | २०८२, जेठ २३गते

images

नेसनल लाइफ र एनएलजी इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेसनल लाइफ र एनएलजी इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

  •  

    काठमाडौँ । आज नेसनल लाइफ इन्सुरेन्स र एनएलजी इन्सुरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। यी दुवै कम्पनीले जेठ २२ गते बुक क्लोज गर्दैछन्, त्यसैले आजसम्म कायम रहेका सेयरधनीहरू मात्र प्रस्तावित लाभांश प्राप्त गर्ने र वार्षिक साधारण सभामा सहभागी हुन सक्नेछन्।

    नेसनल लाइफ इन्सुरेन्स
    लाभांश प्रस्ताव : ५% बोनस सेयर र १०% नगद लाभांश

    वार्षिक साधारण सभा: असार ५ गते

    स्थान: कम्पनीको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौं

    समय: बिहान १०:३० बजे

    एनएलजी इन्सुरेन्स
    लाभांश प्रस्ताव: २.५०% बोनस सेयर र ०.१३% नगद लाभांश (कर प्रयोजनका लागि)

    वार्षिक साधारण सभा: जेठ २९ गते

    स्थान: आम्रपाली ब्यांक्वेट, चिरबम सडक, बालुवाटार, काठमाडौं

    समय: बिहान ११:०० बजे

    यसर्थ, यी कम्पनीहरूमा लगानी गरेका सेयरधनीहरूले लाभांश प्राप्त गर्न चाहने भए आजैसम्म सेयर होल्ड गर्नुपर्नेछ

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij