Logo

Sep 02 2025 | २०८२, भदौ १७गते

Sep 02 2025 | २०८२, भदौ १७गते

images

अग्नि सिमेन्टको आम्दानीमा ४०% भन्दा बढी गिरावट, वित्तीय अवस्था दबाबमा

अग्नि सिमेन्टको आम्दानीमा ४०% भन्दा बढी गिरावट, वित्तीय अवस्था दबाबमा

  •  

    काठमाडौं ।  अग्नि सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले सन् २०२४ मा ४० करोड २० लाख रुपैयाँ मात्र आम्दानी गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४०.४४ प्रतिशतले कमी हो। सन् २०२३ मा कम्पनीले ६७ करोड ५० लाख र सन् २०२२ मा १ अर्ब २१ करोड ६० लाख आम्दानी गरेको थियो। यो तथ्यांक केयर रेटिङ नेपाल लिमिटेडले सार्वजनिक गरेको हो।

    पछिल्ला तीन वर्षको तुलना गर्दा कम्पनीको आम्दानी निरन्तर घटिरहेको छ, जसले सञ्चालन र वित्तीय व्यवस्थापनमा चुनौतीहरु देखिएको संकेत गर्दछ। क्षमता उपयोग दर पनि झरेर ९।८४ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो वर्ष २५.३२ प्रतिशत थियो। सँगै, सिमेन्टको मूल्यमा आएको गिरावट र उत्पादन घट्नाले आम्दानीमा प्रत्यक्ष असर पारेको छ।

    कम्पनीको ऋण-इक्विटी अनुपात २।६४ गुणा पुगेको छ भने ब्याज कभर अनुपात मात्र ०.६० रहेको छ, जसले कम्पनीको ब्याज भुक्तानी क्षमता कमजोर बनाएको छ। नगद प्रवाहको कमी र बैंकबाट उच्च ऋण लिने आवश्यकता पनि यसको वित्तीय स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेको छ।

    त्यस्तै, अग्नि सिमेन्टसँग आफ्नै क्लिङ्कर युनिट नभएको कारण कच्चा पदार्थको मूल्य अस्थिरता थप जोखिम बनेको छ। प्रतिस्पर्धी कम्पनीहरुले आफ्नै क्लिङ्कर उत्पादन गर्ने भएकाले उनीहरु तुलनात्मक रूपमा लाभदायी स्थितिमा छन्।

    यद्यपि, अग्नि सिमेन्टका केही सकारात्मक पक्षहरु पनि छन्। कम्पनीको नेतृत्व अनुभवी व्यवस्थापन टोलीले गरिरहेको छ, र यसको ब्राण्ड उपस्थिती देशका ९ क्षेत्रसम्म विस्तार भएको छ। साथै, सरकारको पूर्वाधार विकासमा बढ्दो लगानीले दीर्घकालीन रूपमा सिमेन्ट उद्योगमा स्थिर मागको सम्भावना देखिन्छ।

    कम्पनीले ९१ करोड ६८ लाख रुपैयाँको बैंक कर्जाका लागि रेटिङ गराएको छ, जसमा लङ टर्म ५२ करोड ६८ लाखलाई र सर्ट टर्म ३९ करोडलाईरेटिङ प्रदान गरिएको छ। यसले कम्पनीको हालको क्रेडिट स्थिति पनि उच्च जोखिमयुक्त रहेको संकेत गर्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij