Logo

Sep 02 2025 | २०८२, भदौ १७गते

Sep 02 2025 | २०८२, भदौ १७गते

images

एनएमबि लघुवित्तले संस्थापक सेयर स्वामित्व ९% ले घटाउने, २१ दिनभित्र निवेदन दिन आग्रह

एनएमबि लघुवित्तले संस्थापक सेयर स्वामित्व ९% ले घटाउने, २१ दिनभित्र निवेदन दिन आग्रह

  •  

    काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो संस्थापक सेयर स्वामित्व ६० प्रतिशतबाट घटाएर ५१ प्रतिशत ल्याउने निर्णय गरेको छ। कम्पनीले जेठ २१ गते सूचना प्रकाशित गर्दै संस्थापक सेयरधनीहरुलाई आफ्नो सेयर सर्वसाधारण समूहमा रूपान्तरण गर्ने वा नगर्ने बारेमा २१ दिनभित्र लिखित रूपमा निवेदन दिन आग्रह गरेको हो।

    संस्थापक सेयरधनीहरूले आफ्नो निर्णय कम्पनीको केन्द्रिय कार्यालय, न्यूरोड, पोखरामा पेश गर्नुपर्नेछ।

    हाल कम्पनीको चुक्ता पुँजी ७२ करोड १४ लाख ४९ हजार रुपैयाँ रहेको छ। एनएमबि लघुवित्तले देशभरका ६७ जिल्लामा फैलिएको १४८ शाखामार्फत १ लाख २५ हजार सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij