Logo

Jun 06 2025 | २०८२, जेठ २३गते

Jun 06 2025 | २०८२, जेठ २३गते

images

घरजग्गा किनबेचमा कडाई : अब बैंक स्टेटमेन्ट र KYC अनिवार्य

घरजग्गा किनबेचमा कडाई : अब बैंक स्टेटमेन्ट र KYC अनिवार्य

  •  

    काठमाडौं । सरकारले अबदेखि घरजग्गा खरिद–बिक्री गर्दा बैंक स्टेटमेन्ट र प्थ्ऋ फारम अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था लागू गर्ने भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले जेठ १३ गते सूचना जारी गर्दै नयाँ प्रक्रिया कार्यान्वयनमा ल्याउने घोषणा गरेको हो।

    नयाँ निर्देशिका अनुसार, १० लाख रुपैयाँभन्दा माथिको कारोबार अनिवार्य रूपमा बैंकिङ वा विद्युतीय प्रणालीमार्फत गर्नुपर्नेछ। जग्गा किन्ने र बेच्ने दुवै पक्षले बैंक स्टेटमेन्ट रKYC फारम भरि पेश गरेपछि मात्र लिखत पास प्रक्रिया अगाडि बढ्नेछ।

    यसबाहेक, १ दिनमा ३ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यक्तिका विवरण राष्ट्र बैंकमा बुझाउनुपर्ने व्यवस्था पनि गरिएको छ।

    त्यसैगरी, १० लाखभन्दा बढीको कारोबारमा लाग्ने रजिष्ट्रेशन दस्तुर खरिदकर्ताको खाताबाट र लाभकर विक्रेताको खाताबाट तोकिएको राजस्व खातामा सिधै बैंकमार्फत जम्मा गर्नुपर्ने प्रावधान राखिएको छ।

    सरकारको यो कदम धन शुद्धीकरण नियन्त्रण, पारदर्शी कारोबार सुनिश्चित गर्ने तथा बैंकिङ प्रणालीलाई मजबुत बनाउने उद्देश्यका साथ अघि बढाइएको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij