Logo

Jun 07 2025 | २०८२, जेठ २४गते

Jun 07 2025 | २०८२, जेठ २४गते

images

सरकारद्वारा गैरआवासीय नेपाली सम्बन्धी विधेयकको मस्यौदा तयार

सरकारद्वारा गैरआवासीय नेपाली सम्बन्धी विधेयकको मस्यौदा तयार

  • काठमाडौँ । संविधानमा उल्लेख भएको मर्म र भावना अनुसार   सरकारले गैरआवासीय नेपाली सम्बन्धी विधेयकको मस्यौदा तयार पारेको छ । गृहमन्त्री रमेश लेखकले उक्त विधेयकको मस्यौदा बनेर प्रक्रियामा अगाडि  बढेको बताएका हुन् ।

    शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा  गृहमन्त्री लेखकले गैरआवासीय नेपाली सम्बन्धी विधेयकको मस्यौदा तयार भइसकेको जानकारी दिए । उनका अनुसार गैरआवासीय नेपाली नागरिकताको विषयलाई सम्बोधन गर्नका लागि बेग्लै ऐन बनाउन लागिएको छ ।

    उनले जनाए अनुसार  गैरआवासीय नेपाली नागरिकता दिँदा राजनीतिक अधिकार बाहेक आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार सहितको  संविधानको भावना  अनुसार दिनुपर्छ । त्यो अनुसार गैरआवासीय नेपाली सम्बन्धी विधेयक ड्राफ्ट भइसकेको छ ।

    विभिन्न मन्त्रालयहरुमा राय, परामर्शहरुका लागि अगाडि बढेको छ । त्यसलाई सरकारले चाँडै क्याबिनेटको सहमतिका साथ सदनमा  ल्याइन्छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij