Logo

Jun 07 2025 | २०८२, जेठ २४गते

Jun 07 2025 | २०८२, जेठ २४गते

images

जलवायु परिवर्तनको प्रभाव र असर न्यूनीकरणमा सबैपक्ष लाग्नुपर्नेमा जोड

जलवायु परिवर्तनको प्रभाव र असर न्यूनीकरणमा सबैपक्ष लाग्नुपर्नेमा जोड

  • काठमाडौँ ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले जलवायु परिवर्तनको प्रभाव र असर न्यूनीकरणमा सबैपक्ष लाग्नुपर्नेमा जोड दिनुभएको छ । 

    डिप्लोमा इञ्जिनियर्स एशोसिएसनको ४५औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यशालामा उहाँले विपद् व्यवस्थापनका लागि जलवायु परिवर्तनको प्रभाव र असर न्यूनीकरणमा जोड दिनुभएको हो । 

    “प्लाष्टिकको प्रयोग मानव स्वास्थ्य, प्राणी र पर्यावरणका लागि हानिकारक छ ।  तसर्थ, प्लाष्टिकको विकल्प विकासगरी यसको प्रयोगलाई निरुत्साहित गर्नुपर्छ”, मन्त्री दाहालले भन्नुभयो, “सबै स्थानीय तह, प्रदेश एवं सङ्घीय सरकारले नागरिकको सहभागितामा वातावरण संरक्षणका कार्यक्रम अघि सार्नुपर्छ । ”

    उहाँले मन्त्री दाहालले डिप्लोमा इञ्जिनियरिङ काउन्सिल छिटै गठन हुने र त्यसको प्रक्रियासमेत सुरु भइसकेको बताउनुभयो । कार्यक्रममा इञ्जिनियरिङ क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

    जलवायु परिवर्तन, प्लाष्टिक तथा विश्व वातावरणका विषयमा कार्यशाला आयोजना गरिएको त्यस अवसरमा जानकारी दिइयो । 
    (((

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij