Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

कोशीमा मनसुनको प्रभाव तीव्र, पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कोशीमा मनसुनको प्रभाव तीव्र, पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • काठमाडौं ।देशका पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायु सक्रिय छन् भने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गत जेठ १५ गते रातिबाट पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन कोशी प्रदेशमा विस्तार भइसकेको छ।

    हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी स्थानमा मौसम मुख्यतः सफा रहेको महाशाखाले जानकारी दिएको छ।

    आजको मौसम पूर्वानुमान

    • दिउँसो:
      कोशी र मधेस प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशका थोरै स्थान र मधेससहितका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
      साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना पनि छ।

    • राति:
      कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्यत्र मुख्यतः मौसम सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्चपहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात पनि हुनसक्छ।

    सतर्कता अपनाउन आग्रह

    कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भेगमा सम्भावित मध्यम वर्षाका कारण जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij