
काठमाडौँ । सुनचाँदी व्यवसायीहरूले कर खारेजीको माग गर्दै सरकार विरुद्ध प्रदर्शन गरेका छन् । सरकारले सुनाचाँदी र हिरामा विलासिता कर लगाएपछि व्यवसायीले कर खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका हुन् । सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा सुनचाँदीमा २ प्रतिशत विलासिता कर लाग्ने घोषणा गरेको छ ।
यस्तै हिरा जुवाहरत र पत्थरको १३ प्रतिशत कर लाग्ने भएको छ । सोही कर खारेजीको माग गर्दै आइतबार सुनचाँदी व्यवसायीले काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।‘सुनमा लगाइएको २ प्रतिशत विलासिता कर खारेज गर, हिरात जुवाहरत पत्थरमा लगाएको १३ प्रतिशत भ्याट खारेज गर, उपभोक्ता, कर्मचारी, कालिगढमैत्री ऐन तुरुन्त जारी गर’ जस्ता नारा लेखिएका ब्यानर र प्लेकार्ड बाेकेर सयौं व्यवसायी प्रदर्शनमा उत्रिएका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij