Logo

Jun 09 2025 | २०८२, जेठ २६गते

Jun 09 2025 | २०८२, जेठ २६गते

images

चैत मसान्तसम्म साढे पाँच लाख बढी नयाँ करदाता बढे

चैत मसान्तसम्म साढे पाँच लाख बढी नयाँ करदाता बढे

  • काठमाडौँ । चालु आर्थिक वर्ष २०८१÷८२ को चैत मसान्तसम्ममा पाँच लाख ७३ हजार ६ सय ८२ नयाँ करदाता बढेका  छन् । यो वृद्धिसँगै नेपालमा गत चैत मसान्तसम्म करदाताको संख्या कुल ६७ लाख ९९ हजार ८ सय १५ पुगेको हो ।

    अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार व्यक्तिगत, व्यावसायिक र अग्रिम कर कट्टीतर्फ गरी चैत मसान्तसम्म कुल पाँच लाख ७३ हजार ६ सय ८२ नयाँ करदाताले नयाँ स्थायी लेखा नम्बर (प्यान) लिएका हुन् । चैतसम्म व्यक्तिगत प्यान लिनेको सङ्ख्या ४७ लाख २८ हजार ७ सय ४४ पुगेको छ । व्यावसायिकतर्फ २० लाख ३५ हजार ८७४ पुगेको छ । डब्लुप्यान लिनेको सङ्ख्या ३५ हजार १ सय ३७ छ ।

    गत आर्थिक वर्षमा थप भएका मध्ये सबैभन्दा धेरै व्यक्तिगततर्फ मात्रै चार लाख ८० हजार ७० जना रहेका छन् । व्यावसायिक ९१ हजार ७ सय ३३ करदाता थपिएर कुल २० लाख ३५ हजार ८ सय ७४ पुगेको देखिएको छ । गएको असार मसान्तसम्म यो सङ्ख्या १९ लाख ४४ हजार १ सय १ थियो । अग्रिम कर कट्टी सुविधासहितको प्यान (डब्लु–प्यान) लिनेको सङ्ख्या एक हजार ८सय ३९ मात्रै थपिएको देखिएको छ ।

    करदाता दर्ता विवरण अनुसार मूल्य अभिवृद्धि करतर्फ १८ हजार ५ सय ६१ थपिएर तीन लाख ४५ हजार ९ सय ७८ पुगेको छ भने एक्साइजतर्फ छ हजार ८सय९६ थपिएर एक लाख २४ हजार २सय ६४ पुगेको मन्त्रालयको विवरणमा जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij