
काठमाडौं । सोमबार सुनको भाउ सामान्य रूपमा घटेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज प्रति तोला १०० रुपैयाँले घटेर १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार यसको मूल्य १ लाख ९० हजार ७०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य भने प्रति तोला ५ रुपैयाँले बढेको छ। आइतबार २१ सय ४५ रुपैयाँमा रहेको चाँदीको भाउ आज २१ सय ५० रुपैयाँ पुगेको हो।
अन्तर्राष्ट्रिय बजारतर्फ हेर्दा, आज सुन प्रतिऔंस ३,३१२।९७ अमेरिकी डलरमा र चाँदी प्रतिऔंस ३६.०३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij