
काठमाडौँ । आज नेप्से परिसूचकमा २६.२४ अंकले बढेर २६७९.३४ बिन्दुमा आएको छ । आज १० अर्ब १६ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।। २ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । फाइनान्स समूहमा सबैभन्दा बढी तेजी आएको छ । वाणिज्य बैंक समूह पनि बढेको छ ।
यस दिन ३ सय ११ कम्पनीको २ करोड ३६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५८ करोड ४९ लाख रुपैयाभन्दा बढीसहित कारोबार रकममा एचआइडीसीएल प्रमोटर अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः अरुण काबेली हाइढ्रोपावर र राधि विद्युत कम्पनी परेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij