Logo

Oct 28 2025 | २०८२, कात्तिक ११गते

Oct 28 2025 | २०८२, कात्तिक ११गते

images

राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा झण्डै साढे तीन करोड बराबरको नेपाली र विदेशी मुद्रा बरामद

राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा झण्डै साढे तीन करोड बराबरको नेपाली र विदेशी मुद्रा बरामद

  • काठमाडौँ । राजस्व अनुसन्धान कार्यालय बुटवलले स्रोत नखुलेको अवैध नेपाली रुपैयाँसहित विभिन्न देशका मुद्रा गरी  तीन करोड ४६ लाख ५५ हजार ८सय८० रुपैयाँ बराबर मुद्रा बरामद गरेको छ । बरामद गरिएका मुद्रामध्ये एक करोड ९१ लाख बराबर नेपाली मुद्रा र एक करोड ५५ लाख बराबर भारतीय  रहेको राजस्व अनुसन्धान कार्यालय बुटवलले जनाएको हो ।

    राजस्व अनुसन्धान  कार्यालयका प्रमुख  विवेक घिमिरेले जनाए अनुसार नेपाल–भारत सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेका  रकम बरामद भएको हो ।उनका  अनुसार विदेशी मुद्राको अवैध कारोबारमा भारतीय मुद्रा, अमेरिकी डलर, युएई दिराम तथा नेपाली रुपैयाँ रहेका छन् ।

    त्यस्ता मुद्राहरूको कारोबार, सीमानाकामा ओसारपसार र वैधानिक स्रोतबिनाका गतिविधिमा संलग्न समूहमाथि कडा निगरानी गरी उक्त रकम जफत गरिएको घिमिरेले बताए ।  राजस्व अनुसन्धान टोली र नेपाल प्रहरीको संयुक्त प्रयासमा विभिन्न गाडी, यात्री र झोलाबाट सो रकम जफत गरिएको हो ।

    रुपन्देहीका बुटवल, मर्चवारी, बेलहिया, रैनादेवी, चम्पानगर तथा कपिलवस्तुको कृष्णनगरलगायत सीमावर्ती क्षेत्रहरूमा निगरानी कडा पारिएको जनाउँदै घिमिरेले यस्ता अवैद्य रकमसहित भारतीय नागरिक पक्राउ पर्ने गरेको प्रमुख घिमिरेले बताएका छन् ।

    तस्करीको सुनसहित व्यापारीले सीमापारी पुगेर लेनदेन गर्ने गरेको रकम पटकपटक गरी नेपाल भित्र्याउने  गरिएको हुनसक्ने अनुसन्धान अधिकृत घिमिरेले आशङ्का व्यक्त गरे  ।  यससम्बन्धमा केही विवरण र मालिक पत्ता लागेका छन् तर अनुसन्धान गरी ठोस गर्ने कार्य भइरहेको छ । प्रमुख घिमिरेले आपराधिक गतिविधिमाथि सुदृढ अनुगमन, प्रविधिको प्रयोग तथा अन्तरनिकाय समन्वयमार्फत कडाइका साथ नियन्त्रणको अभियान सञ्चालन गरिएको बताए । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij