Logo

Aug 28 2025 | २०८२, भदौ १२गते

Aug 28 2025 | २०८२, भदौ १२गते

images

विद्यालय शिक्षा विधेयक असार १५ भित्रै पारित हुने : गृहमन्त्री लेखक

विद्यालय शिक्षा विधेयक असार १५ भित्रै पारित हुने : गृहमन्त्री लेखक

  •  


    काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमति अनुसार विद्यालय शिक्षा विधेयक आगामी असार १५ गतेभित्रै प्रतिनिधिसभाबाट पारित हुने स्पष्ट पारेका छन्।

    बिहीबार सम्पन्न नेपाल शिक्षक संघको २४औं संघीय कार्यसमिति बैठकको उद्घाटन समारोहमा बोल्दै मन्त्री लेखकले सरकार विधेयक पारित गर्न प्रतिबद्ध रहेको उल्लेख गरे। उनका अनुसार, संसद्को अवरोध हट्नासाथ विधेयक पारित गरेर शिक्षाक्षेत्रको सुधारतर्फ ठोस कदम चालिनेछ।

    गृहमन्त्री लेखकले संसद् बैठक अवरुद्ध हुनुमा केही प्रतिपक्षी दलका नेताहरूको ‘राजनीतिक पूर्वाग्रह’ र ‘षड्यन्त्रपूर्ण व्यवहार’ जिम्मेवार रहेको आरोप लगाए। उनले संसद् अवरोधको कुनै औचित्य नरहेको बताउँदै भने, 'एउटा कर्मचारीमाथि भइरहेको मामिलालाई सरकारसँग जोडेर अनावश्यक बखेडा बनाइएको छ।'

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij