Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

बैंकिङ क्षेत्र सुधारका लागि गठन भएको सुझाव समिति ऐतिहासिक कदम : सीबीफीन

बैंकिङ क्षेत्र सुधारका लागि गठन भएको सुझाव समिति ऐतिहासिक कदम : सीबीफीन

  •  

    काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नरको विशेष पहलमा बैंकिङ क्षेत्रका समस्या पहिचान गरी समाधान खोज्ने उद्देश्यले गठित सुझाव समितालाई बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले हार्दिक स्वागत गरेको छ।

    सीबीफीनले आज जारी गरेको विज्ञप्तिमा नेपालको बैंकिङ इतिहासमा पहिलोपटक यस्तो प्रकारको राष्ट्रियस्तरको उपसमिति गठन हुनु ऐतिहासिक कदम भएको उल्लेख गरिएको छ। संस्थाले यो समितिले बैंकिङ क्षेत्र सुधारतर्फ सार्थक पहल गर्ने विश्वास व्यक्त गरेको छ।

    विज्ञप्तिमा नेपाल राष्ट्र बैंकले सरोकारवालाहरुसँग सघन छलफल गर्दै समस्या बुझ्न थालेको, स्थलगत भ्रमण तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाउने र विगतका नीतिहरुको समीक्षा गर्ने कार्यलाई स्वागतयोग्य बताइएको छ।

    यस्तै, हालैको वित्त नीतिको मर्म, वर्तमान आवश्यकता र अपेक्षालाई ध्यानमा राखी समयसापेक्ष मौद्रिक नीति ल्याउने गभर्नरको योजना तथा सुधारमुखी अभिव्यक्तिहरुले मुलुक आर्थिक र बैंकिङ क्षेत्र सुधारको युगतर्फ प्रवेश गरिरहेको सीबीफीनको ठहर छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij