Logo

Jun 14 2025 | २०८२, जेठ ३१गते

Jun 14 2025 | २०८२, जेठ ३१गते

images

अरनिको राजमार्गको वैकल्पिक राजमार्ग लाकुरी  भञ्ज्याङको सडक खण्ड कालोपत्रेको सांसद प्रेमबहादुर महर्जनद्वारा अनुगमन

अरनिको राजमार्गको वैकल्पिक राजमार्ग लाकुरी  भञ्ज्याङको सडक खण्ड कालोपत्रेको सांसद प्रेमबहादुर महर्जनद्वारा अनुगमन

  • ललितपुर । ललितपुर क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य प्रेमबहादुर महर्जनको एक टोलीले लाकुरी भञ्ज्याङ मानेदोभान सडकखण्डमा भइरहेको कालोपत्रे कार्यको अनुगमन गरेको छ । विसं २००७ सालमा खोलिएको अरनिको राजमार्गको बैकल्पिक राजमार्ग लाकुरी भञ्ज्याङ,मानेदोभान सडकखण्डमा रहेको कालोपत्रे कार्यलाई प्रेमबहादुर महर्जनले स्थगलत भ्रमण गरी अनुगमन गरेका हुन् ।

    a road.jpeg

    ललितपुर पाटन घर बताउने योग शाक्यले जनाए अनुसार  पहिलो पटक  लाकुरी भन्ज्याङ कुनीडोल कोचे डाँडा हुँदै  कागेश्वरी डोल सम्म १२ सय मिटर कालोपत्रे हुदै ललितपुर क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य प्रेमबहादुर महर्जन, महालक्ष्मी नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष विजय लामा लगायत जनप्रतिनिधि एव स्थानीयवासीले अवलोकन र अनुगमन गरेका छन्  । यो सडक खण्ड ३ करोड ७५ लाखको बजेटमा  डिभिजन सडक ललितपुरबाट ठेक्का भएपछि कालोपत्रे गरिएको हो ।

    अब २ किलोमिटर पीच गर्न ५ करोड रुपियामा ठेक्का भैसकेको पनि वडाअध्यक्ष लामाले जनाएका छन् ।  वडाअध्यक्ष लामाले संघीय सांसद महर्जनको बिशेष पहलमा सडक पिच भएको भन्दै खुशी ब्यक्त गरे । उनले  प्रदेश सांसद रामेश्वर श्रेष्ठ, नगर प्रमुख हरिगोविन्द श्रेष्ठ, उपप्रमुख लष्मी महर्जनले पनि यस वडाको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा  आभार प्रकट गरे । सांसद  महर्जनले आफ्नो निर्वाचन क्षेत्रको बिकासमा आँफू सँधै दत्तचित्तले लागिपर्ने प्रतिबद्धता पनि जनाए । ललितपुरको ढुँगिनदेखि भक्तपुरको सिमाना जोडिएको मानेभन्ज्याङ सडक १० किलोमिटर लामो रहेको छ । लाकुरी भन्ज्याङ महालक्ष्मी नगरपालिका भित्र पर्ने पर्यटकीय गन्तब्य हो । त्यसैले यो कालोपत्रे आफैँमा एक महत्वपूर्ण कार्य भएकोले सांसद प्रेम महर्जनले स्थलगत भ्रमण गरी विकास कार्यको जानकारी लिएको शाक्यले जनाए

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij