
काठमाडौ ।गुरु बसिष्ठको स्वरमा रहेको "ठिकै छ मेरी प्रिय " गीत असार ६ गते शुक्रबार सार्वजनिक हुने भएको छ ।कलाकार प्रेम परियार र श्रितिका श्रेष्ठको अभिनयमा रहेको गीत आगामी शुक्रबार सार्वजनिक गर्न लागिएको निर्माण टीमले जनाएको छ।
गीतको रेकर्ड सुर सम्यक बिज स्टुडियो/साउन्ड मिलस्टुडियोमा गरिएको हो । ड्र्यागन मोशन पिक्चरद्वारा प्रस्तुत गरिएको गीत क्लासिकल र राक ट्रागेडी रहेकोले हामीले बजारमा ल्याउन लागेको निर्माण टीमले जनाएको छ ।
निर्माता दीपेन श्रेष्ठ तथा अनुजा बराल द्वारा निर्देशित उक्त गीतमा व्यवस्थाका रूपमा दिवेश राई रहेका छन् । गीतको ,मिक्स/मास्टरिङ-महेश्वर राज भण्डारी र सम्पादन सन्देश शाहले गरेको छ।गीतमा गीत/संगीत-शेखर ठकुरीको रहेको छ ।
गीतको सिनेमेटोग्राफी-साजन ठाकुर , रंग- राजेन्द्र मोक्तान ,भि एफ एक्स -सत्यम राणा,ग्राफर- नरेश अधिकारी , फोकस-निरञ्जन थापा तथा भिडियो कन्सेप्ट-ड्रागन मोशन पिक्चर रहेको छ।
गीत शुक्रबार ६ गते सार्वजनिक गर्न लागिएको निर्माण पक्षले जनाएको छ । गीत ड्रागन मोशन पिक्चर युट्युव च्यानल मार्फत सार्वजनिक गर्न लागिएको निर्माण टीमले जनाएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij