
काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न ९० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) जारी गर्ने भएको छ।
केन्द्रीय बैंकका अनुसार, उक्त निक्षेप संकलनका लागि बोलकबोल प्रक्रिया आज (बुधबार) दिउँसो ३ बजेसम्म हुनेछ। बैंक तथा वित्तीय संस्थाहरूले यस प्रक्रियामा भाग लिई आवेदन दिन सक्नेछन्।
राष्ट्र बैंकले ३५ दिनको अवधिका लागि यो उपकरण प्रयोग गर्दैछ, जसअन्तर्गत साँवा तथा ब्याज भुक्तानी साउन ७ गते हुने बताइएको छ। ब्याजदर भने बोलकबोलबाट निर्धारण हुनेछ।
बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँको माग राख्न सक्नेछन् भने अधिकतम ५ करोड रुपैयाँको अन्तरबाट निःशेष भाग बाँडफाँट गरिनेछ।
बजारमा तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले समय-समयमा यस्तो प्रकारको उपकरण प्रयोग गर्दै आएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij