Logo

Jun 19 2025 | २०८२, असार ५गते

Jun 19 2025 | २०८२, असार ५गते

images

प्रेमबहादुर महर्जनसहित सांसदहरूको एक टोलीद्वारा ग्वार्कोे फ्लाइओभरको अनुगमन

प्रेमबहादुर महर्जनसहित सांसदहरूको एक टोलीद्वारा ग्वार्कोे फ्लाइओभरको अनुगमन

  • ललितपुर । ललितपुरको प्रतिनिधित्व गर्ने सांसद प्रेमबहादुर महर्जनसहित सांसदहरूको एक टोलीले ग्वार्को फ्लाइओभरको अनुगमन गरेको छ । ६ असारमा प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने तयारी भइरहेको बेला सांसद महर्जनसहितको टोलीले ग्वार्को फ्लाइओभरको अनुगमन गरेको हो ।ग्वार्को सवारी साधनको आवागमनमा धेरै जाम हुने ठाउँको रुपमा रहेको थियो । यो फ्लाइओभर सञ्चालनमा आएपछि जाम नहुने विश्वास सांसद महर्जनले व्यक्त गरेका छन् ।

    gwarko3.jpg

    स्थलगत अनुगमनमा पुगेका विभिन्न दलका प्रतिनिधित्व गर्ने सांसदहरूलाई स्थानीय वडा न १७का वडा अध्यक्ष विनोद महर्जन र ७ वडाका वडा अध्यक्ष कुल बहादुर महर्जनले संयुक्तरूपमा खाँदा लगाएर स्वागत गरेका थिए ।सांसद प्रेम महर्जनले विकास कार्यको स्थलगत भ्रमणमा जाने गरेका छन् । केही दिन अघि मात्र लाकुरी भञ्ज्याङ सडक खण्डको कालोपत्रे कार्यको पनि एक टोली लिएर सांसद प्रेम महर्जनले स्थलगत भ्रमण गरेका  थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij