
काठमाडौँ । आजदेखि सुनचाँदी व्यवसायीले पसल खोलेका छन । माग सम्बोधन नभए पनि सुनचाँदी व्यवसायीले हालका लागि आन्दोलन स्थगित गरेका छन् । बुधबार सम्पन्न नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको संयुक्त राष्ट्रिय भेलाले हाल जारी आन्दोलन स्थगित गर्ने निर्णय गरेको हो । यससँगै केही दिनयता काठमाडौँ र बागमती प्रदेशमा गरिएका पसल बन्द बिहीबारदेखि खुला गरिएको महासंघले जनाएको छ ।
तर, सुनचाँदी व्यवसायीले आफूहरुको माग पूरा गर्न असार मसान्तसम्मको समय सीमाको ‘अल्टिमेटम’ दिएका छन् । सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने र सुनको भन्सार दर नेपाल र भारतमा समान हुनेगरी सरकारबाट निर्णय हुनुपर्ने व्यवसायीको माग छ । व्यवसायीले असार मसान्तभित्र पनि माग सम्बोधन नगरे संयुक्त समिति मार्फत सशक्त आन्दोलन अघि बढाउने चेतावनी दिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij