Logo

Jun 25 2025 | २०८२, असार ११गते

Jun 25 2025 | २०८२, असार ११गते

images

अत्याधिक गर्मीका कारण अण्डा उत्पादनमा २५ प्रतिशत गिरावट, मूल्यमा वृद्धि

अत्याधिक गर्मीका कारण अण्डा उत्पादनमा २५ प्रतिशत गिरावट, मूल्यमा वृद्धि

  • काठमाडौं।अत्याधिक गर्मी बढेपछि कुखुराको अण्डा उत्पादन घट्दै गएको छ, जसले मागभन्दा कम आपूर्तिको स्थिति सिर्जना गरी अण्डाको मूल्य वृद्धि भएको छ। विगतको तुलनामा करीब २५ प्रतिशत अण्डा उत्पादनमा कमी आएको छ।

    कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा। अनन्त दाहालका अनुसार गर्मीका कारण कुखुराले दाना कम खाँदा अण्डा उत्पादन घटेको हो। गर्मी र बढेको आद्रताका कारण कुखुरामा तनाव बढ्ने र विभिन्न रोग लाग्ने हुँदा उत्पादनमा कमी आउँछ।

    नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले भने, ूउत्पादन घटेसँगै अण्डाको माग पूरा गर्न कठिन भइरहेको छ।ू सङ्घले आजबाट लागू हुने गरी समर्थन मूल्य वृद्धि गरेको छ। चितवनमा ठूलो प्रतिक्रेट अण्डाको मूल्य ४८० रुपैयाँ र मझौला प्रतिक्रेट ४५० रुपैयाँ कायम गरिएको छ, जुन दुबैमा ३० रुपैयाँ वृद्धि हो।

    व्यवसायीहरूले यसलाई होलसेलमा ठूलो प्रतिक्रेटमा ३५४० रुपैयाँ र मझौला प्रतिक्रेटमा ३३३० रुपैयाँमा बिक्री गर्ने बताए। चार महिनाअघि दैनिक उत्पादन ४० हजार कार्टुनभन्दा बढी थियो भने अहिले २८ देखि ३० हजार कार्टुनसम्म झरेको छ।

    गर्मीले दानाको मूल्य बढ्नुका साथै अण्डाको मूल्य घट्दा किसानहरूले धेरै माउ कुखुरा बिक्री गरी नयाँ चल्ला राख्न सकिरहेका छैनन्। विद्यालय, क्याम्पस खुला हुनु र पर्यटकको संख्या बढेपछि बजारमा अण्डाको माग बढेको छ। यसका कारण पनि उत्पादन घटेको हो।

    राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा। विजयकुमार श्रेष्ठका अनुसार चितवन र आसपासका जिल्लाबाट ल्याइएका नमूनामा ५० वटा फार्ममा एच९ एन१ ९ज्ढल्ज्ञ० रोगको सङ्क्रमण देखिएको छ। साथै, गम्बारो र साल्मोनेला रोगको समस्याले पनि अण्डा उत्पादनमा असर पुगेको छ।

    उनका अनुसार वर्षातको समयमा उच्च गर्मी र ढुसीजन्य आहारका कारण रोगहरू बढ्ने र उत्पादनमा कमी आउने गर्छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij