Logo

Jun 27 2025 | २०८२, असार १३गते

Jun 27 2025 | २०८२, असार १३गते

images

सन नेपाल लाइफको हकप्रद बाँडफाँट सकियो, २ लाखभन्दा बढी सेयर लिलामीमा जाने

सन नेपाल लाइफको हकप्रद बाँडफाँट सकियो, २ लाखभन्दा बढी सेयर लिलामीमा जाने

  • काठमाडौं ।सन नेपाल लाइफ इन्सुरेन्सले बिक्रीका लागि ल्याएको २७ प्रतिशत हकप्रद सेयरको बाँडफाँट सम्पन्न भएको छ। कम्पनीले बिक्रीमा राखेको १ करोड ६ लाख ९६ हजार ३२० कित्तामध्ये १ करोड ४ लाख ७१ हजार ५९२ कित्ताका लागि आवेदन प्राप्त भएको छ।

    यस अनुसार कुल २ लाख २४ हजार ७२८ कित्ता सेयर बिक्री हुन सकेनन्, जसले गर्दा अब ती बाँकी सेयर लिलामी प्रक्रियामार्फत निष्कासन गरिनेछ। कम्पनीले उक्त हकप्रद सेयर वैशाख ३० गतेदेखि असार ३ गतेसम्म आवेदनका लागि खुला गरेको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij