
काठमाडौं।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा खाद्य तथा कृषि संगठन (एफएओ) द्वारा रोम, इटालीमा आयोजना हुने ४४औं सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेकी छिन्। सम्मेलन यही जुन २८ देखि जुलाई ४ सम्म चल्नेछ।
सम्मेलनको प्रमुख सत्रका साथै अन्य उच्चस्तरीय छलफलहरूमा मन्त्री राणाले नेपालको धारणा राख्नेछिन्। उनी नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओका स्थायी प्रतिनिधि र सम्बन्धित मन्त्रालयका अधिकारीहरू सहभागी छन्।
एफएओ सम्मेलनपछि मन्त्री राणा मिलान (इटाली), ह्याम्बर्ग र बर्लिन (जर्मनी) मा आयोजना हुने लगानी प्रवर्द्धन कार्यक्रमहरूमा पनि सहभागी हुने कार्यक्रम छ। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राईसहितका उच्च अधिकारीहरूले बिदाइ गरेका थिए।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij