Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

१० करोडको बैंकिङ कसुर अभियोगमा 'काठमाडौँ भ्यू टावर'का व्यवसायी मनोज भेटवाल पक्राउ

१० करोडको बैंकिङ कसुर अभियोगमा 'काठमाडौँ भ्यू टावर'का व्यवसायी मनोज भेटवाल पक्राउ

  • काठमाडौँ। पुरानो बसपार्क क्षेत्रमा निर्माण भइरहेको ‘काठमाडौँ भ्यू टावर’का व्यवसायी मनोज भेटवाललाई प्रहरीले पक्राउ गरेको छ। उनी अनामनगरबाट शुक्रबार पक्राउ परेका हुन्, जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले रातोपाटीलाई जानकारी दिएका छन्।

    भेटवाल इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक हुन्। उनीमाथि १० करोड रुपैयाँको बैंकिङ कसुरसम्बन्धी जाहेरी जिल्ला प्रहरी परिसर, काठमाडौँमा दर्ता भएपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो।

    यसअघि पनि भेटवाल चेक बाउन्स र रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडसँग सम्बन्धित घोटालाका कारण कानुनी कारबाहीमा परेका थिए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij