Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित, आमाको नामबाट नागरिकता पाउने बाटो खुल्यो

नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित, आमाको नामबाट नागरिकता पाउने बाटो खुल्यो

  • काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल नागरिकता ९दोस्रो० विधेयक, २०८२’ लाई बहुमतले पारित गरेको छ। गृहमन्त्री रमेश लेखकद्वारा पेस गरिएको विधेयकले विशेषगरी नेपाली आमाबाट जन्मिएका सन्तानले आमाकै नाममा नागरिकता पाउने व्यवस्था सुनिश्चित गरेको छ।

    विधेयकमार्फत अदालतका पूर्वनिर्णयहरूलाई कार्यान्वयनमा ल्याउने प्रयास गरिएको गृहमन्त्री लेखकले स्पष्ट पार्नुभयो। खासगरी वैदेशिक रोजगारमा गएकी महिलाका सन्तान नागरिकता नपाउने समस्याको समाधानका लागि यो कानुन आवश्यक रहेको बताइएको छ।

    नयाँ व्यवस्थाअनुसार विदेशी भूमिमा जन्मिएर नेपालमै बसोबास गर्ने, बाबुको पहिचान नभएका र विदेशी नागरिकता नलिएका व्यक्तिहरूले स्वघोषणाबाट अंगीकृत नागरिकता प्राप्त गर्न सक्नेछन्। साथै, नाबालक परिचयपत्र पाउने सीमा पनि थप स्पष्ट पारिएको छ।

    विधेयकमाथिको छलफलमा सांसदहरूले यसलाई सकारात्मक कदमका रूपमा स्वागत गरे। सांसद प्रकाश ज्वालाले विधेयकले आमाको नामबाट नागरिकता पाउने बाटो खुलेको उल्लेख गर्दै गैरनागरिकलाई नागरिकता नजाने सुनिश्चित गर्न कानुनी व्यवस्था सुदृढ गरिएको बताए।

    तर, केही सांसदहरूले अझै सीमावर्ती क्षेत्रहरूमा देखिएको समस्या समाधान नहुने चिन्ता व्यक्त गरे। सांसद चित्रबहादुर केसीले खुला सीमा र त्यसबाट उत्पन्न नागरिकता विवादप्रति गम्भीर ध्यान दिनुपर्ने धारणा राखे।

    प्रतिनिधिसभाको अर्को बैठक असार १५ गते दिउँसो १ बजेका लागि बोलाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij