Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

देशभर मनसुनी प्रभाव : पहाडी क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना

देशभर मनसुनी प्रभाव : पहाडी क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना

  • काठमाडौँ। देशभर मनसुनी वायुको सक्रियताका कारण अधिकांश स्थानमा बदलीसहित वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ।

    मौसमविद्हरूका अनुसार हाल देशका अधिकांश पहाडी र हिमाली भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ। कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    दिउँसो र राति भारी वर्षाको सम्भावना

    आज दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान छ। विशेष गरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र केही ठाउँमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    त्यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा वर्षासँगै हिमपातको सम्भावना पनि छ।

    बाढी र पहिरोको जोखिम, सतर्कता अपनाउन आग्रह

    गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा अत्यधिक वर्षाका कारण नदीहरूमा पानीको सतह बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय हुने जोखिम उच्च रहेको महाशाखाले जनाएको छ।

    त्यसैले प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन, सम्भावित जोखिम क्षेत्रबाट टाढा रहन र मौसम जानकारी नियमित रूपमा लिन अनुरोध गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij