Logo

Sep 12 2025 | २०८२, भदौ २७गते

Sep 12 2025 | २०८२, भदौ २७गते

images

संविधान, गणतन्त्र, लोकतान्त्रिक मूल्य र मान्यतामा कसैसँग सम्झौता हुँदैनः रास्वपा

संविधान, गणतन्त्र, लोकतान्त्रिक मूल्य र मान्यतामा कसैसँग सम्झौता हुँदैनः रास्वपा

  •  

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधानको मर्म, सङ्घीय गणतान्त्रिक शासन व्यवस्था, लोकतान्त्रिक मूल्य र मान्यतामा कसैसँग सम्झौता गर्न नसकिने बताएको छ । 

     

    रास्वपाले आज तीन बुँदे तात्कालीन प्र्रस्ताव जारी गर्दै नेपालको संविधानको मर्म, सङ्घीय गणतान्त्रिक शासन व्यवस्था, विधिको शासन, नागरिक सर्वोच्चता, बहुलवाद र मौलिक हकको प्रत्याभूति जस्ता आधारभूत लोकतान्त्रिक मूल्य र मान्यता कसैसँग कहिल्यै सम्झौना नगर्ने स्पष्ट पारेको हो । 

     

    कार्यवाहक सभापति डोलप्रसाद अर्यालका नाममा जारी प्रस्तावमा राष्ट्रपतिको प्रत्यक्ष पहल र संवादका आधारमा आसन्न संक्रमणकालीन राजनीतिक कोर्सलाई संरक्षकत्व दिनुपर्नेमा जोड दिइएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij