Logo

Jun 29 2025 | २०८२, असार १५गते

Jun 29 2025 | २०८२, असार १५गते

images

चालु आवमा ५० प्रतिशत पुँजीगत खर्च पनि नहुने अवस्था

चालु आवमा ५० प्रतिशत पुँजीगत खर्च पनि नहुने अवस्था

  • काठमाडौँ । अहिलेसम्मको स्थिति हेर्दा चालु आर्थिक वर्षमा ५० प्रतिशत पनि पुँजीगत खर्च नहुने स्थिति रहेको छ । खर्च गर्न अब १५ दिन मात्र बाँकी रहेको छ । यो अवधिसम्म पुँजीगत खर्च ४४.७६ प्रतिशत मात्र खर्च भएको हो ।कुल २४ पक्षको आधारमा हेर्दा औसत १.९५ प्रतिशत खर्च भएको देखिन्छ । सोही अनुपातमा खर्च भए ४७ प्रतिशतसम्मको खर्च हुने छ । कदाचित औसत लक्षित गनुपर्ने हरेक पाक्षिक खर्च ४.१६ प्रतिशत बराबर खर्च अन्तिम  पक्षमा भएपनि ५० प्रतिशत कट्ने देखिँदैन् ।

    सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँको बजेट ल्याएको थियो । त्यसमा असार १४ गतेसम्म सरकारले ७२..६६ प्रतिशत अर्थात १३ खर्ब ५३ अर्ब ६५ करोड २ लाख रुपैयाँ खर्च गरेको छ । अन्तिम पक्ष अर्थात् १५ दिनमा सरकारले ५ खर्ब ६ अर्ब ६५ करोड २८ लाख रुपैयाँ खर्च गर्न सके मात्र बजेट पूरा खर्च हुने छ । अहिलेसम्म सरकारले चालु खर्चतर्फ ८ खर्ब ९५ अर्ब ३५ करोड ३८ लाख रुपैयाँ खर्च भएको छ । यो भनेको चालु शीर्षकमा छुट्याएको खर्चको ७८.५१ प्रतिशत हो । सरकारले चालु शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

    चालु शीर्षकमा विनियोजन भएको खर्च सरकारको प्रशासनिक, कर्मचारीको तलब भत्ता, सामाजिक सुरक्षा, सार्वजनिक ऋणको ब्याज भुक्तानी, वित्तीय हस्तान्तरण, सरकारले गर्ने विभिन्न सभा सम्मेलन, सरकारले दिने ब्याज अनुदान, विभिन्न मेसिनरी तथा अन्य सार्वजनिक सम्पत्तिको मर्मतमा हुने खर्चहरू समावेश  हुने गरेको छ ।

    असार १४ गतेसम्म पुँजीगत खर्च ४४.७६ प्रतिशत अर्थात १ खर्ब ५७ अर्ब ७० करोड ४८ लाख रुपैयाँ खर्च भएको जनाइएको छ । सरकारले पुँजीगत शीर्षकका लागि ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको थियो । पुँजीगत खर्च २ खर्ब २२ अर्ब ३४ करोड ८९ लाख रुपैयाँ खर्च गर्न सकिएको  छैन । यस्तै सरकारले वित्तीय व्यवस्थापनतर्फ सरकारले ७६.८२ प्रतिशत खर्च गरेको छ । चालु आवका लागि सरकारले वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब २८ करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमध्येबाट १ खर्ब ९४ अर्ब ६४ करोड ९२ लाख रुपैयाँ बजेट खर्च भएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij