Logo

Sep 12 2025 | २०८२, भदौ २७गते

Sep 12 2025 | २०८२, भदौ २७गते

images

फ्रान्सले सार्वजनिक स्थानमा धुम्रपानमा लगायो कडाइ, नयाँ नियम आइतबारदेखि लागू

फ्रान्सले सार्वजनिक स्थानमा धुम्रपानमा लगायो कडाइ, नयाँ नियम आइतबारदेखि लागू

  • काठमाडौँ ।बालबालिकालाई निष्क्रिय धुम्रपानबाट जोगाउने प्रयासस्वरूप फ्रान्सले समुद्रकिनार, सार्वजनिक पार्क, विद्यालय आसपास र अन्य सार्वजनिक स्थानहरूमा धुम्रपानमा प्रतिबन्ध लगाएको छ। नयाँ नियमअनुसार, आइतबारदेखि ती क्षेत्रहरूमा चुरोट तान्नेलाई कानुनी कारबाही हुनसक्नेछ।

    शनिबार सरकारी राजपत्रमा प्रकाशित भएपछि नियम तुरुन्तै कार्यान्वयनमा ल्याइएको हो। यसले पुस्तकालय, पौडी पोखरी, र विद्यालय नजिकका बस स्टपजस्ता स्थानहरूलाई पनि समेटेको छ।

    फ्रान्समा गर्मी बिदा सुरु हुनु केही दिन बाँकी रहँदा लागू भएको यो नियम बालबालिकामाथि हुने असरलाई कम गर्ने उद्देश्यले आएको हो। तम्बाकू विरोधी अभियन्ताहरूले निर्णयको स्वागत गरे पनि बार रेस्टुरेन्टका खुला छानामा भने अझै धुम्रपान गर्न पाइने हुँदा चिन्ता व्यक्त गरेका छन्। विद्युतीय चुरोटलाई प्रतिबन्धको दायरामा नल्याएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्।

    स्वास्थ्य मन्त्रालयका अनुसार अबदेखि विद्यालय, पुस्तकालय वा पौडी पोखरी वरपरको १० मिटरको दायरा धुम्रपान निषेध क्षेत्र हुनेछ। सरकारले यस्ता क्षेत्रहरू चिन्ह लगाउन संकेत चिह्न समेत सार्वजनिक गर्ने जनाएको छ।

    यदि कसैले नियम उल्लंघन गरेमा न्यूनतम १३५ युरो ९करिब १६० डलर०देखि अधिकतम ७०० युरो सम्म जरिवाना हुनसक्नेछ। यद्यपि, प्रारम्भमा मानिसहरूले समयसँगै नियम बुझून् भनेर केही समय सहज व्यवहार अपनाइने पनि मन्त्रालयले जनाएको छ।

    स्वास्थ्य मन्त्री क्याथरिन वुट्रिनले सार्वजनिक स्थानहरू — जहाँ बालबालिका बढी उपस्थित हुन्छन् — लाई स्वस्थ र सुरक्षित बनाउन चुरोट निषेध आवश्यक भएको बताइन्। साथै, उनले फ्रान्सले २०३२ सम्म ‘धुम्रपानमुक्त पुस्ता’ निर्माण गर्ने लक्ष्य अघि सारेको उल्लेख गरिन्।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij