Logo

Sep 12 2025 | २०८२, भदौ २७गते

Sep 12 2025 | २०८२, भदौ २७गते

images

भिजिट भिसा विवादले संसद् तनावग्रस्त, रास्वपा र राप्रपा बैठक बहिष्कार

भिजिट भिसा विवादले संसद् तनावग्रस्त, रास्वपा र राप्रपा बैठक बहिष्कार

  • काठमाडौँ ।भिजिट भिसा प्रकरणलाई लिएर बढ्दो विवादका बीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू आइतबारको प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन्। बैठकमा आफ्ना धारणा राखेपछि उनीहरू विरोधस्वरूप बहिष्कार गर्दै बाहिरिएका हुन्।

    बैठकमा रास्वपाका उपसभापति डीपी अर्यालले सुमिरे टुर एन्ड ट्राभल्स सम्बन्धी अभिव्यक्तिहरू संसदको रेकर्डबाट हटाउन माग गरे। उनले भने, “सुमिरे टुर एन्ड ट्राभल्स मेरो हो, तर कसैले तथ्यहीन आरोप लगाएको छ भने त्यसलाई संसदको अभिलेखबाट हटाइनुपर्छ।”

    यसअघि शनिबारको बैठकमा सांसद सागर खतिवडाले सो कम्पनी भिजिट भिसाको नाममा अनुचित कार्यमा संलग्न रहेको भन्दै छानबिनको माग गरेका थिए। खतिवडाले अर्यालको जवाफपछि फेरि उठ्दै उनले बोलेको अभिव्यक्तिमा आपत्ति जनाए। “मैले कसैको नाम लिएको थिइनँ, तर प्रतिक्रिया आयो भने त्यसको समीक्षा हुनुपर्छ,” उनले भने।

    बैठकमा त्यसपछि राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पनि भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनमा जोड दिए।

    यो प्रकरणले संसद्‌मा दलहरूबीच बढ्दो अविश्वास र तनाव देखिएको छ। दुबै दलले सरकार र प्रशासनमाथि निष्पक्ष छानबिन गर्न दबाब दिँदै आएका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij