Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

इजरायली आक्रमणमा इरानको इभिन जेलमा ७१ जनाको मृत्यु, प्रशासनिक भवन ध्वस्त

इजरायली आक्रमणमा इरानको इभिन जेलमा ७१ जनाको मृत्यु, प्रशासनिक भवन ध्वस्त

  • तेहरान । इरानको इभिन कारागारमा हालैको इजरायली आक्रमणका कारण कम्तीमा ७१ जनाको मृत्यु भएको जानकारी न्यायपालिकाले आइतबार सार्वजनिक गरेको छ।

    तेहरानको उत्तर भागमा रहेको उक्त जेलमा सोमबार भएको बमबारीले प्रशासनिक भवनको ठूलो हिस्सा नष्ट भएको छ। यस जेलमा राजनीतिक कैदीहरु र विदेशी नागरिकहरू रहेका बताइएको छ।

    इरानी अधिकारीहरूले मृत्यु भएकामध्ये प्रशासनिक कर्मचारी, सुरक्षा गार्ड, कैदीहरू, भेट्न आएका आफन्त र छिमेकीहरू पनि रहेको पुष्टि गरेका छन्।

    न्यायपालिकाले सार्वजनिक गरेको तस्वीरहरूले भवनको पर्खाल र छाना पूर्ण रूपमा भत्किएको र भग्नावशेषहरु फैलिएको देखिन्छ। आक्रमणले जेलको मेडिकल सेन्टर र भेटघाट कोठालाई लक्षित गरेको छ।

    आक्रमणपछि इरानी कारागार प्रशासनले कैदीहरूलाई चिनारी बिना नै बाहिर स्थानान्तरण गरेको जनाएको छ।

    इभिन जेलमा नोबेल पुरस्कार विजेता नार्गेस मोहम्मदी र केही विदेशी नागरिकहरू समेत राखिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij