Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

सम्भावित बाढी, पहिरो र असहज मौसमका लागि महाशाखाको सतर्कता आग्रह

सम्भावित बाढी, पहिरो र असहज मौसमका लागि महाशाखाको सतर्कता आग्रह

  • काठमाडौं।मनसुनी प्रणाली सक्रिय रहेकाले देशभरको मौसम पूर्णरूपमा प्रभावित भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही भागमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    महाशाखाले सोमबार देशभर आकाश सामान्यदेखि पूर्णरूपमा बदली रहने प्रक्षेपण गरेको छ। गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागहरूमा वर्षाको सम्भावना बढी रहेको जनाइएको छ।

    साथै, सुदूरपश्चिमका केही स्थानहरूमा तथा अन्य पहाडी क्षेत्रका एक-दुई ठाउँमा भारीदेखि अति भारी वर्षा हुन सक्ने चेतावनीसमेत दिइएको छ। उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावनासमेत रहेको महाशाखाको भनाइ छ।

    यस्तो अवस्थामा नदीहरूको जल सतहमा वृद्धि, बाढी, पहिरो, र भूक्षयको जोखिम उच्च हुने भएकाले महाशाखाले सतर्क रहन सबैलाई आग्रह गरेको छ। यस्ता प्राकृतिक प्रकोपहरूले जनजीवन, कृषि, यातायात (सडक तथा हवाई) र स्वास्थ्यमा असर पुर्‍याउने सम्भावना भएकाले सावधानी अपनाउन अपिल गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij