Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

संसद्का चार समिति आज सक्रिय, विधेयक र सुनुवाइमा केन्द्रित कार्यसूची

संसद्का चार समिति आज सक्रिय, विधेयक र सुनुवाइमा केन्द्रित कार्यसूची

  • काठमाडौं।संघीय संसद्का विभिन्न चारवटा समितिहरू आज महत्वपूर्ण बैठकमा जुट्दैछन्। बैठकहरूमा विधेयकमाथि छलफलदेखि न्यायाधीश प्रस्तावको सुनुवाइसम्मका कार्यसूची तय गरिएका छन्।

    सुशासन समिति
    राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावहरूबारे छलफल हुने कार्यक्रम छ। यो बैठक बिहान ११ बजेका लागि बोलाइएको हो।

    शिक्षा समितिको छलफल
    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बिहान ८:३० बजे सुरु हुनेछ। बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि गहन छलफल गरिने कार्यसूची रहेको छ।

    विधायन व्यवस्थापन समिति
    यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक पनि आज बिहान ११ बजे बस्नेछ। बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल गरिनेछ।

    संसदीय सुनुवाइ समिति
    संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक आज बिहान ८ बजेका लागि तय गरिएको छ। बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश तथा न्याय परिषद् सदस्यका विषयमा सुनुवाइ हुने छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij