Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

कर छलेर विवाह? बेजोसको विवाह समारोहविरुद्ध भेनिसमा नाराबाजी

कर छलेर विवाह? बेजोसको विवाह समारोहविरुद्ध भेनिसमा नाराबाजी

  • काठमाडौं। विश्व चर्चित अर्बपति तथा अमेजनका संस्थापक जेफ बेजोसले अमेरिकी पत्रकार लरेन सान्चेजसँग विवाह गरेका छन्। इटालीको भेनिसमा आयोजित तीन दिन लामो भव्य समारोह शनिबार सम्पन्न भएको हो।

    बेजोसको यो विवाह पार्टीमा अनुमानित ४६ देखि ५६ मिलियन डलरसम्म खर्च गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। विवाह समारोहमा लेडी गागा र एल्टन जोनजस्ता हलिउड कलाकारले प्रत्यक्ष सांगीतिक प्रस्तुति दिएका थिए।

    कार्यक्रममा बिल गेट्स लगायतका विश्वप्रसिद्ध व्यक्तित्वहरूको उपस्थिति देखिएको थियो, जसले विवाहलाई थप चर्चामा ल्यायो।

    तर, यस्तो भव्य कार्यक्रमले स्थानीय जनजीवनमा अवरोध सिर्जना गरेपछि भेनिसवासीहरूले विरोध प्रदर्शन गरेका छन्। कार्यक्रमस्थल वरपर कडा सुरक्षा गरिएको कारण सर्वसाधारणको आवतजावतमा समस्या उत्पन्न भएको थियो।

    प्रदर्शनकारीहरूले “कर छली गरेर अत्यधिक खर्चमा विवाह गरेको” आरोप लगाउँदै प्रदर्शन गरेको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij