Logo

Sep 12 2025 | २०८२, भदौ २७गते

Sep 12 2025 | २०८२, भदौ २७गते

images

भारतमा तस्करीको प्रयास: थाइल्यान्डबाट आएका यात्रुसँग गार्टर सर्प, राइनो र्याट सर्प र केन्याली स्यान्ड बोआ जफत

भारतमा तस्करीको प्रयास: थाइल्यान्डबाट आएका यात्रुसँग गार्टर सर्प, राइनो र्याट सर्प र केन्याली स्यान्ड बोआ जफत

  • नयाँदिल्ली  । मुम्बई विमानस्थलमा भारतीय भन्सार अधिकारीहरुले थाइल्यान्डबाट आएका एक यात्रुलाई दुर्लभ जीवजन्तु तस्करीको आरोपमा पक्राउ गरेका छन्। उक्त यात्रुको साथबाट १६ वटा जीवित सर्प बरामद गरिएको छ। यो यस महिनाको तेस्रो पटकको यस्तै प्रकृतिको घटनाको रुपमा उल्लेख गरिएको छ।

    भन्सार अधिकारीका अनुसार ती सर्पहरूमध्ये अधिकांश विषरहित थिए, र केहीमा निकै कम मात्र विष थियो जसले मानिसलाई खास असर नगर्ने बताइएको छ। बरामद सर्पहरूमा गार्टर सर्प, राइनो ¥याट सर्प र केन्याली स्यान्ड बोआजस्ता प्रजातिहरू रहेका छन्, जुन प्रायः घरपालुवा जनावरका रुपमा बेचबिखन गरिन्छ।

    केही दिनअघि पनि त्यही विमानस्थलमा अधिकारीहरुले थुप्रै विषालु भाइपरसहित एक यात्रुलाई समातेका थिए। त्यसपछि अर्का यात्रुबाट १०० भन्दा बढी जीवजन्तु – जसमा छेपारो, सनबर्ड, रुख चढ्ने जनावर पोसम पनि थिए – बरामद गरिएको थियो।

    वन्यजन्तु तस्करी निगरानी संस्था ुट्राफिकु ले यस्तो प्रकारको विदेशी जनावरको अवैध व्यापार तीव्र रूपमा बढिरहेको भन्दै चिन्ता व्यक्त गरेको छ। पछिल्ला तीन वर्षमा मात्रै थाइल्यान्ड र भारतको हवाई मार्ग हुँदै सात हजारभन्दा बढी जीवित तथा मृत जनावर जफत गरिएका छन्।

    भन्सार विभागले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij