Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

साइबर अपराधको मुद्दा दायर : पत्रकार दिलभूषण पाठकविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर

साइबर अपराधको मुद्दा दायर : पत्रकार दिलभूषण पाठकविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर

  • काठमाडौँ ।साइबर अपराध गरेको आरोपमा पत्रकार दिलभूषण पाठकविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।

    जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले परिवर्तित नाममा साइबर ब्युरोमा परेको उजुरीका आधारमा सोमबार पाठकविरुद्ध मुद्दा दायर गरेको हो। सरकारी वकिलको तर्फबाट सहायक जिल्ला न्यायाधिवक्ता पूर्णेन्द्र पाण्डेयले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार विद्युतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन गरेको आरोपमा एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायको माग गरेका छन्। साथै, पत्रकार पाठकलाई फरार सूचीमा राखिएको छ।

    पत्रकार पाठकले आफ्नो कार्यक्रम ‘टफ टक’ मार्फत् हिल्टन होटलको सेयर खरिद बिक्रीमा जयवीरसिंह देउवाको संलग्नता विषयमा ‘हिल्टनमा जयवीर देउवाको पैसा’ शीर्षकमा भिडियो सामग्री प्रस्तुत गरेका थिए। यसलाई लिएर जयवीरले पाठकमाथि चरित्र हत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएका थिए।

    यद्यपि, उच्च अदालत पाटनले पहिले पत्रकार पाठकलाई धरपकड नगर्न आदेश समेत दिएको थियो। जयवीर कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा हुन्।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij