Logo

Sep 12 2025 | २०८२, भदौ २७गते

Sep 12 2025 | २०८२, भदौ २७गते

images

निजामती सेवा विधेयकको कुलिङ पिरियड व्यवस्थामा फेरबदल, सभामुख घिमिरेको ध्यानाकर्षण

निजामती सेवा विधेयकको कुलिङ पिरियड व्यवस्थामा फेरबदल, सभामुख घिमिरेको ध्यानाकर्षण

  • काठमाडौँ। संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा ‘बाहेक’ शब्द थपिएपछि यो विषयमा संसदका सभामुख देवराज घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरालाई छलफलका लागि बोलाएका छन्।

    सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार, सभाबाट पास भएको प्रतिवेदनमा नभएको तर प्रतिनिधिसभाबाट पास हुने क्रममा थपिएको ‘बाहेक’ शब्दका कारण विवाद उत्पन्न भएको हो। यस विषयमा छलफल आज साढे १० बजे हुने तय भएको छ।

    नेपाली कांग्रेसकी सांसद तथा राज्य व्यवस्था समितिकी सदस्य सरिता प्रसाईँले पनि सभाले सर्वसम्मतिले पारित गरेको प्रतिवेदन संसदबाट पास हुँदा हेरफेर भएर आएको भन्दै सभामुखलाई भेटेर आफ्नो चासो व्यक्त गर्ने जानकारी दिइन्।

    राज्य व्यवस्था समितिबाट सर्वसम्मतिले पारित प्रतिवेदनमा सरकारी सेवाबाट राजीनामा वा अवकाश भएको दुई वर्षसम्म कुनै पनि सरकारी नियुक्ति लिन नपाउने व्यवस्था थियो। तर, प्रतिनिधिसभाबाट पास भएको विधेयकमा यस व्यवस्थामा ‘बाहेक’ थपिएपछि धेरै नेताहरूले आपत्ति जनाएका छन्।

    यस प्रकारको अनधिकृत हेरफेरले विधेयकको उद्देश्यमा असर पर्ने भन्दै संसदमा थप छलफल र संशोधन आवश्यक रहेको बताइरहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij