Logo

Aug 26 2025 | २०८२, भदौ १०गते

Aug 26 2025 | २०८२, भदौ १०गते

images

युवालाई उद्यमशील बनाउने उद्देश्यले ‘स्टार्टअप’ कार्यक्रम लागू गरिने : उद्योगमन्त्री भण्डारी

युवालाई उद्यमशील बनाउने उद्देश्यले ‘स्टार्टअप’ कार्यक्रम लागू गरिने : उद्योगमन्त्री भण्डारी

  •  

    काठमाडौँ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले युवालाई स्वरोजगार र उद्यमशीलतामा प्रेरित गर्न ‘स्टार्टअप’ कार्यक्रम लागू गरिने घोषणा गर्नुभएको छ। राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत उद्योग मन्त्रालयसम्बन्धी उठेका सवालको जवाफ दिँदै मन्त्री भण्डारीले सो कार्यक्रमले वैदेशिक रोजगारतर्फ आकर्षित हुने युवाको संख्या घटाउने विश्वास व्यक्त गर्नुभयो।

    उद्योग मन्त्रालयले औद्योगिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको जानकारी दिँदै उहाँले औद्योगिक क्षेत्रको प्रवर्द्धन, मन्त्रालयको सेवा अनलाइन प्रणालीबाट उपलब्ध गराउने व्यवस्था, र कम्पनी रजिष्ट्रारको सेवा विगत फागुनदेखि पूर्णरूपमा अनलाइनमार्फत दिइएको उल्लेख गर्नुभयो।

    त्यस्तै, खानी तथा भूगर्भ विभागमार्फत खानी उत्खनन र अनुसन्धानको प्रक्रिया अघि बढाइएको, निजी क्षेत्रलाई कानुनी प्रक्रिया पुरा गरेर खानी उत्खननमा लगानी गर्न प्रोत्साहन गरिने तथा धौवादी फलाम खानीसम्म पहुँच सडक निर्माण कार्य अघि बढाइएको मन्त्री भण्डारीले जानकारी दिनुभयो।

    उहाँका अनुसार ‘स्टार्टअप कर्जा कार्यक्रम’लाई विस्तार गर्दै औद्योगिक विकासग्राम सम्बन्धित स्थानीय तहले नै निर्माण गर्ने गरी योजना अघि बढाइएको छ। साथै, सरकारले कृषिऔजार उत्पादनका लागि छुट्टै उद्योग स्थापना गर्ने तयारी गरेको समेत मन्त्री भण्डारीले स्पष्ट पार्नुभयो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij