Logo

Sep 11 2025 | २०८२, भदौ २६गते

Sep 11 2025 | २०८२, भदौ २६गते

images

ग्लोबल आईएमई समुन्नत योजना २: १२ करोड इकाइसहितको नयाँ म्युचुअल फन्ड २२ असारदेखि निष्कासनमा

ग्लोबल आईएमई समुन्नत योजना २: १२ करोड इकाइसहितको नयाँ म्युचुअल फन्ड २२ असारदेखि निष्कासनमा

  • काठमाडौँ ।ग्लोबल आईएमई क्यापिटलले नयाँ म्युचुअल फन्ड योजना ल्याउने भएको छ, जसअन्तर्गत ‘ग्लोबल आईएमई समुन्नत योजना २’ को इकाइ निष्कासन असार २२ गतेदेखि सुरु हुनेछ। यस योजना अन्तर्गत कुल १२ करोड इकाइ जारी गरिनेछ, जसको प्रतिइकाइ मूल्य रू १० तोकिएको छ। यसरी, कुल निष्कासन रकम १ अर्ब २० करोड रुपैयाँ बराबरको हुने कम्पनीले जानकारी दिएको छ।

    उक्त योजना एक १० वर्षे बन्दमुखी म्युचुअल फन्ड हुनेछ। फन्ड प्रवर्द्धकको रूपमा ग्लोबल आईएमई बैंक रहनेछ भने योजना व्यवस्थापन र डिपोजिटरी सेवाको जिम्मेवारी ग्लोबल आईएमई क्यापिटलले लिनेछ।

    निष्कासन हुने १२ करोड इकाइमध्ये १.५ प्रतिशत ग्लोबल आईएमई क्यापिटललाई व्यवस्थापन शुल्कस्वरूप प्रदान गरिनेछ भने १३.५ प्रतिशत इकाइ बीज पुँजीका रूपमा छुट्याइएको छ। बाँकी रहेका १० करोड २० लाख इकाइ सर्वसाधारण लगानीकर्ताहरूका लागि खुला गरिनेछ।

    लगानीकर्ताहरूले न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड २० लाख इकाइसम्म आवेदन दिन सक्नेछन्। यो निष्कासन अवधि असार २२ गतेदेखि २५ गतेसम्म कायम हुनेछ। यद्यपि, तोकिएको समयमा सबै इकाइ बिक्री नभए आवेदन अवधि थपिने सम्भावना रहेको कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij