Logo

Sep 11 2025 | २०८२, भदौ २६गते

Sep 11 2025 | २०८२, भदौ २६गते

images

सिमराको स्टिल्स उद्योगमा राति ९ः१५ मा विस्फोट, , एक घाइते

सिमराको स्टिल्स उद्योगमा राति ९ः१५ मा विस्फोट, , एक घाइते

  • काठमाडौँ। बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ मा रहेको जगदम्बा स्टिल्समा मंगलबार राति एक्कासि भट्टी विस्फोट हुँदा एक जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय सिमराका अनुसार राति करिब ९ः१५ बजेतिर फलाम पगाल्ने क्रममा भट्टी विस्फोट भएको हो।

    विस्फोट भएको खबरसँगै सिमराबाट प्रहरीको टोली तत्काल घटनास्थलमा पुगेको थियो। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको छ र विस्फोटको कारण तथा क्षतिको यकिन विवरण आउन बाँकी छ।

    घटनाका बेला उद्योग सञ्चालनमै रहेकाले ठूलो मानवीय क्षति हुन सक्ने जोखिम रहेपनि हालसम्म एक जनामात्र घाइते भएको पुष्टि भएको छ। घाइते व्यक्ति भारत, बिहारको सीतामढी निवासी ३५ वर्षीय अजय बैठा रहेको जनाइएको छ। उनी उद्योगमा अपरेटरको रूपमा कार्यरत थिए। प्रहरीले जनाए अनुसार बैठाको दाहिने हातमा चोट लागेको छ भने अहिले अवस्था सामान्य रहेको छ।

    विस्फोटपछि फैलिएको आगो तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे विस्तृत छानबिन जारी रहेको र सुरक्षा मापदण्डको अनुगमन समेत तीव्र पारिने प्रहरी स्रोतले जानकारी दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij