Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

विकास हाइड्रोपावरको आइपीओमा १ अर्ब ३७ करोडभन्दा बढीको आवेदन, मागभन्दा ४.६५ गुणा बढी

विकास हाइड्रोपावरको आइपीओमा १ अर्ब ३७ करोडभन्दा बढीको आवेदन, मागभन्दा ४.६५ गुणा बढी

  •  

    काठमाडौं । विकास हाइड्रोपावर लिमिटेडको आइपीओप्रति सर्वसाधारणको उल्लेख्य चासो देखिएको छ। सीडीएसका अनुसार बिहीबार साँझ सम्ममा ११ लाख १३ हजार ५८५ आवेदकले कुल १ अर्ब ३७ करोड ९ लाख ६८ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन्। यो संख्या कम्पनीले निष्कासन गरेको सेयरभन्दा ४.६५ गुणा बढी हो।

    कम्पनीले असार १८ गतेदेखि सर्वसाधारणका लागि २९ लाख ४२ हजार ७६० कित्ता सेयर निष्कासन गरेको हो। यसअघि आयोजनाबाट प्रभावित स्थानीयलाई ९ लाख ९ हजार १०१ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई ३ लाख ५४ हजार ५५० कित्ता सेयर बाँडफाँट गरिसकिएको छ।

    सर्वसाधारणका लागि खुला गरिएको आइपीओ असार २२ गतेसम्म खुला रहनेछ। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

    यस कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ  प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा औसत जोखिम रहेको जनाउँछ। आइपीओमा देखिएको अत्यधिक चासोले आम लगानीकर्ताको विश्वास झल्काएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij