Logo

Aug 26 2025 | २०८२, भदौ १०गते

Aug 26 2025 | २०८२, भदौ १०गते

images

गरिमा विकास बैंकले ९८ हजार संस्थापक सेयर खुला बिक्रीमा

गरिमा विकास बैंकले ९८ हजार संस्थापक सेयर खुला बिक्रीमा

  •  

    काठमाडौं । गरिमा विकास बैंकले आफ्ना संस्थापक सेयरधनीहरूको नाममा रहेको ९८ हजार २८।८४ कित्ता संस्थापक सेयर खुला बिक्रीमा ल्याएको छ। यसपटक कुनै पनि व्यक्ति वा संस्थाले आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ।

    सेयर खरिद गर्न इच्छुक व्यक्तिहरूले असार २० गतेदेखि १५ दिनभित्र बैंकको प्रधान कार्यालय, लाजिम्पाट काठमाडौंमा आवेदन दिनुपर्नेछ। आवेदकले आफैंले खरिद गर्न चाहेको सेयरको विवरण स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।

    यसअघि बैंकले सेयर आफ्ना विद्यमान संस्थापकहरूलाई बिक्रीका लागि खुला गरेको थियो। तर आवेदन नपरेपछि बैंकले अन्य लगानीकर्तालाई समेत आवेदन दिन सक्ने व्यवस्था गरेको हो।

    यो सेयर बिक्री लगानीकर्ताहरूका लागि अवसरको रुपमा हेरिएको छ, जसले बैंकको संस्थापक सेयरधनी बन्ने मौका प्रदान गर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij