
काठमाडौँ । काठमाडौँ महानगर पालिकाको बजेट सीमा २५ अर्ब निर्धारण गरिएको छ । राजश्व परामर्श समितिको बैठक सम्पन्नभएपछि आगामी आर्थिक वर्षका लागि २५ अर्ब बजेटको सिमा निर्धारण गरिएको हो । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा महानगरको कार्यालय, काठमाडौं प्लाजामा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा निर्धारण गरेको हो ।
बैठकले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड बजेट सार्वजनिकका लागि तयारी गर्दै छ । प्रमुख शाहले जनचाहना अनुरूप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिए । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजश्व परामर्श समितिले निर्णय समेत गरेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij